माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध हुने

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतासँगै कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले प्रिमियम सुविधासहित आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने भएका छन्। सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राजअर्याल तथा कर्मचारी सञ्चय कोषका तर्फबाट कायममुकायम सह–प्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ। यसमार्फत कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवाको लाभ लिन सक्नेछन्। तलब व्यवस्थापन खातासँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा सुविधा, कार्ड सेवा लगायतका विभिन्न बैंकिङ सेवा पनि उपलब्ध गराउने जनाएको छ।

माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस्तो सहकार्यले संस्थागत बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्