नाउपाका सांसद अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं – नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो...

मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने

मधेश प्रदेश – मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । भोलि नै उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो ।...

मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू

काठमाडौं –  मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टर्कीमा ७‍.८ रेक्टर स्केलको भूकम्प, १७ जनाको ज्यान गएको पुष्टि, सङ्कटकाल घोषणा

टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी १७ जनाको ज्यान गएको पुष्टि भएको छ । अझै कयौँ मानिस फसिरहेकाले गर्दा ज्यान गुमाउनेको संख्या...

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका...

उर्मिला अर्याल आज राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध चयन हुँदै

काठमाडौँ – आज राष्ट्रिय सभाले उपाध्यक्ष पाउँदैछ। मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष बनाउने भएको छ। उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध...

देशभर पश्चिमी वायुको प्रभाव : कस्तो रहन्छ देशभरको मौसम ?

काठमाडाैं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साेमबार बिहान प्रदेश-१ का पहाडी भू–भागमा आंशिक बदली तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले...

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत – कर्णाली प्रदेशमा पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे छ । प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हाे । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिवार अस्ति...

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प

काठमाडौँ – सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा...

दार्चुलाको लेकममा विद्युत विस्तारको क्रममा कामदारलाई स्थानीयको ज्यान मार्ने धम्की, ठेकेदार कम्पनीले गुहार गरे सुरक्षा निकायलाई

काठमडौँ – दार्चुलाको लेकम गाउँपालिकामा विद्युत् विस्तारको क्रममा स्थानीयहरुले ठेकेदारलाई दुख दिने गरेको ठेकेदार कम्पनीले आरोप लगाएको छ । लेकम गाउँपालिका वडा नं. १ सर्मोलीका स्थानीयहरुले टेक्टरको सिसा भाच्ने, ईन्डिकेटर...

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेट, साझा मोर्चा बनाउने समझदारी

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई...

रास्वपाका ३ मन्त्रीहरुले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा...