गुफाले खोलेका गुम्फनहरू
दामोदर पुडासैनी किशोर हामी र हामीले भेटेको संसार, सबै रहेछन् गुफाकै उपज । एउटा विशाल गुफामा अल्झिरहेछ यो सारा ब्रह्माण्ड । रहस्य हो गुफा । रङ हो गुफा । अँध्याराको आधिक्य र वैविध्यको साम्राज्य हो गुफा । अमूर्त कलाको अपरिमितता हो गुफा, वैचित्र्यताको अनन्तता हो गुफा । मान्छे उचाइमा पुगेँ भन्ने ठान्छ, अलमलिइरहन्छ गुफातिर । […]