नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

काठमाडौँ – आजदेखि भदाै ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन्...

‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

काठमाडौं – सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था(FPCA)लाई आर्थिक सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्व(CSR)अन्तर्गत अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था(FPCA)लाई आर्थिक सहयोग...

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौँ – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनको योग्यताबारे प्रश्न उठेको...

गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं – सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार सुनुवाइ गर्दै छानबिन प्रक्रियालाई अघि बढाउन आदेश जारी...

कागेश्वरी मनोहरा नगरपालिकाले १ महिनाको अवधिमा १ करोड ५७ लाख बढी राजस्व संकलन गर्‍यो

  काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाले आ.व. २०८२/०८३ को साउन १ गतेदेखि साउन ३१ गतेसम्म कूल १ करोड ५७ लाख ३१ हजार १९६ रुपैयाँ २२ पैसा राजस्व संकलन गरेको छ।...

आईजीपी दीपक थापा भदौ १८ मा अवकाश, चन्द्रकुवेर खापुङ एकल दाबेदार

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ मा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जान लागेका छन्। उनी २०८१ चैत ४ मा ३१ औँ प्रहरी प्रमुख बनेका...

काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गर्ने १७ जनालाई ५ सय रुपैयाँका दरले जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना असुल गर्न थालेको छ। आइतबारदेखि सुरु गरिएको कारबाहीअन्तर्गत हालसम्म १७ जनाले ५ सय रुपैयाँका दरले जरिवाना तिरेको नगर प्रहरी प्रमुख राजुनाथ...

विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर–ट्रंकलाइन विवाद सम्बन्धी कागजात अख्तियारमा पठायो

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद सम्बन्धी सम्पूर्ण विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ। आयोगले गत असार २९ गते प्राधिकरणलाई छानबिनका लागि १५ दिनभित्र...

बैतडीमा २४ वर्षीया अनमी भागरथी कुँवर आफ्नै डेरामा मृत फेला

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर आइतबार राति आफ्नै डेरामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार राति करिब ८...

दार्चुलामा पहिराेले सडक अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौँ –  दार्चुला–गोकुलेश्वर सडकखण्ड अन्तर्गत तेर्छालेक–रनेबास क्षेत्र आज बिहानदेखि पहिराेले अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमामा पर्ने उक्त स्थानमा ठूलो मात्रामा...

अस्ट्रेलियाको टप एण्ड टी-२० सिरिजमा नेपाल लगातार तेस्रो पराजय

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो। टस हारेर...

लम्पी स्किन रोग फेरि तीव्र, ३३ जिल्लामा फैलिँदा १ हजार ५० पशु मृत्यु

काठमाडौँ – करिब साढे दुई वर्षअघि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बन्दै गएको छ। पशु सेवा विभागका अनुसार साउन २६ सम्ममा देशका ३३ जिल्लामा लम्पी फैलिसकेको...