पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने ईश्वर पोखरेल समूहको चेतावनी

काठमाडौँ — नेकपा (एमाले) का नेता ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपातपूर्ण व्यवहार देखिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ। बबरमहलमा आज बसेको पोखरेल समूहको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले...

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए सर्वसम्मत रूपमा विश्वासको मत

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेसँगै उहाँले सर्वसम्मत विश्वासको मत पाउनुभएको...

सुशीला कार्की नेतृत्वको सरकारको सय दिन पूरा, चुनाव तयारी र वित्तीय सुशासनमा प्रगति

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ। नवयुवा आन्दोलनपछि भदौ २७ गते गठन भएको सरकारको सय दिन पूरा भएको अवसरमा राष्ट्रका...

राष्ट्रपति पौडेलद्वारा चुनावसम्बन्धी अध्यादेश जारी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको...

देउवाले बोलाए शीर्ष नेताहरूसँग छलफलका लागि बैठक

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष चार नेतासँग छलफलका लागि बैठक बोलाएका छन्। शनिबार बिहान ९ बजे बस्ने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय...

एमाले राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित हुनेछ: ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्नु अहिलेको कार्यनीतिक गन्तव्य भएको बताएका छन्। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनमार्फत एमालेले...

एमालेले सफलतापूर्वक महाधिवेशन सक्यो, कांग्रेसमा भने अझै अन्योल

काठमाडौं — चार वर्षअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेको महाधिवेशनलाई ‘अधिवेशन’ भन्दै आलोचना गरेका थिए। तर आज त्यो टिप्पणी उल्टै कांग्रेसकै महाधिवेशन सन्दर्भमा सम्झन लायक बनेको छ। कांग्रेसको चौधौँ...

रास्वपा सभापति रवि लामिछाने आज कारागारमुक्त हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न आदेश...

एमाले अध्यक्ष ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौँ र...

एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी

काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै जीत हासिल गरेका हुन्। निर्वाचन आयोगका...

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीको अग्रता कायमै

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् भने...

एमाले नेतृत्व चयन: मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । एमाले निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना सुरु गरी साढे १० बजेसम्म...