बेरूत, २० पुस । लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ ।
हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि मङ्गलबार साँझ दक्षिणी बेरुत नजिकैको हमासको कार्यालयमा इजरायली ड्रोन हमलामा अल अरौरी मारिएको लेबनानी मिडियाले जनाएको थिए ।
तर इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै येडियोथ अहरोनथ अखबारले इजरायली लडाकु विमानबाट प्रहार गरेको ६ गाईडेड मिसाइलले अल अरौरी मारिएको दावी गरिएको छ ।
सो दैनिकले एक अज्ञात लेबनानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि ‘६ वटा निर्देशित मिसाइलहरू प्रहार गरिएको थियो, जसमध्ये दुईवटा अल(अरौरी बस्ने भवनमा खसेका थिए।’
प्रत्येक मिसाइलको तौल १०० किलोग्राम रहेको सो पत्रिकाले जनाएको छ।