दार्चुला पुगेर ओलीले भने – ‘आफ्नो एक इन्च जमिन छाड्नेवाला छैनौँ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् । दार्चुलाम एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए ।

‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ ।’ ओलीले भने, ‘आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’ उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्