दार्चुला – सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेको एम्बुेन्स चित्तल तस्करी गर्दै गरेको अवस्थामा दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको जनाएको छ । महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाँच गर्दा मृत चित्तल भेटिएपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनुभयो ।
उहाँका अनुसार एम्बुलेन्स चालक महेश बोहोरालाई पनि पक्राउ गरिएको छ । बोहोराले कञ्चनपुरको अर्जुनी ब्यारेकबाट चित्तल मारेर ल्याएको प्रारम्भीक बयान प्रहरी समक्ष दिएका छन् ।