कठाेर बन्दै बर्तमान सरकार, समयावधीमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने तयारी

काठमाडौँ – सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्दै कानूनी कारवाही गर्ने तयारी गरेको छ ।

विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको र आयोजना प्रमुखले पनि काम नगरेको पाइएको अवस्थालाई मध्यनजर गरी सरकारले कारवाहीको तयारी गरेको हो ।

निर्माण व्यवसायीको लापरवाही, ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण आयोजना वर्षौंसम्म लम्बिने गरेकाले त्यसलाई नियन्त्रण जरुरी रहेको निष्कर्षमा सरकार पुगेको हो । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका विभाग, कम्पनी र नेपाल विद्युत् प्राधिकरणलगायत निकायका रुग्ण तथा समयमै सम्पन्न हुन नसकेका ठेक्कासँग सम्बन्धित ठेकेदारलाई कारवाही गर्ने तयारी गरिएको हो ।

मन्त्रालय मातहतका केही आयोजनाको अवस्था अझैपनि जटिल रहेको र समयमै पूरा हुने अवस्थामा नभएकाले मन्त्रालयले कडा नीति अख्तियार गर्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्