राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको अध्यक्षमा बिमल कुमार अछामी

ललितपुर – राष्ट्रिय तेक्वान्दो संघ नेपालको ललितपुर जिल्ला तदर्थ समिति भेला २०७६, सम्पन्न भएको छ ।

जिल्ला खेलकुद बिकास समिति ललितपुरको भवनमा भएको भेलामा राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको नया तदर्थ कार्यसमिति पुनर्गठन गरेको हो । कार्यबाहक अध्यक्ष सिताराम घलानको सभापतित्वमा भएको भेलाका प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रिय सचिव राकेश कुमार राई रहनुभएको थियो ।
भेलामा जिल्ला खेलकुद बिकास समिति ललितपुरको नव नियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) सुजन खतिवडा, पुर्व जिल्ला खेलकुद बिकास समिति ललितपुर अध्यक्ष राजेश लामा, प्रदेश अध्यक्ष द्वारिका लाल स्वगुली, दिपेन्द्र श्रेष्ठ, पुण्यÞे शाक्य, राकेश बज्राचार्य, बिनय खड्का, सिजम सिंजाली, आईते तामाङ्ग र संचारकर्मीका साथै तेक्वान्दो खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय सचिव राकेश कुमार राई र जिल्ला खेलकुद बिकास समिति ललितपुरको अध्यक्ष भरत कुमार पराजुली (राजेश) ले नया कार्यसमिति लाई स्वागत ,बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । पुनर्गठन कार्यसमितिमा अध्यक्ष बिमल कुमार अछामी, उपाध्यक्ष सरोज घलान, उपाध्यक्ष कृष्ण शिंह लोथ्याल, सचिव विजय महर्जन, कोषाध्यक्ष गणेशमान नेगी, सदस्यहरुमा अनुपम कंडेल, अजित राई, मन्दिर अधिकारि खालुंग, बिनय खड्का, सिजम सिंजाली, कपिल श्रेष्ठ, पुण्यÞे शाक्य, दिपेन्द्र शाही, जेम महर्जन, आइते तामाङ्ग लगायत पदाधिकारीहरु रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्