दिल्लीमा केजरीवाल नेतृत्वको आम आदमी पार्टी सत्तामा पुग्ने प्रबल सम्भावना 

शनिबार दिल्लीमा भएको विधानसभा चुनावबाट अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी नै पुनः सत्तामा पुग्ने देखिएको छ ।

भारतका प्रायः सबै सञ्चारमाध्यमका ’एक्जिट पोल’मा केजरीवालको पार्टीले स्पष्ट जित हासिल गर्ने सम्भावना देखिएको हो ।

एक्जिट पोललाई आधार मान्द केन्द्र सरकार हाँकिरहेको भारतीय जनता पार्टी र कंग्रेस आई सत्ताको आसपास पनि नदेखिएको सञ्चारमध्यमहरूको विश्लेषण छ ।

कुल ७० सिट रहेको दिल्ली विधानसभामा ६६ सिटमा आम आदमी पार्टीले जित हासिल गर्ने एक्जिट पोलले देखाएको छ ।

चुनावको अन्तिम नतिजा मंगलबार आउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्