अफगानिस्तानको आक्रमणमा २ अमेरिकी सैनिकको मृत्यु

काठमाण्डौं – पूर्वी अफगानिस्तानमा भएको आक्रमणमा दुई जना अमेरिकी सैनिकको ज्यान गएको छ ।

आक्रमणमा परेर ६ जना अमेरिकी सैनिक घाइते भएका छन् । नानगाहार प्रान्तमा रहेको अमेरिकी र अफगानी सुरक्षाकर्मी भएको ठाउँमा आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ ।

अझै पनि १३ सय अमेरिकी सैनिक अफगानिस्तानमा रहेका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

अमेरिकाले तालिवानसँग गरिरहेको वार्ता केही समययता स्थगित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्