प्रदेश सिमाङ्कन परिवर्तन हुनसक्छ : प्रचण्ड

file photo
File Photo

नुवाकोट । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताउनुभएको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुनसक्ने बताउनुभयो ।

“प्रदेश नं ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरुको मागअनुसार नभए प्रदेश नं ५ मा बस्न नचाहेको बताउँदै आएका छन” उहाँले भन्नुभयो, “प्रदेश नं २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुनसक्ने देखिएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्