काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलताको शुभकामना दिनुभएको छ । उहाँले एनपीएल नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा विकसित हुँदै गएको बताउनुभयो ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्। उहाँले नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफल बनाउन योगदान दिएकोमा बधाईसमेत दिनुभयो।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। प्रधानमन्त्री शाहले आजै त्रिवि क्रिकेट मैदान पुगेर प्रतियोगिताको उद्घाटन गर्ने तयारी रहेको जनाइएको छ।




