काठमाडौं- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड को कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले गत वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २९ लाख ८२ हजार ४९८ जनाबाट ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन परेको थियो ।
जसमध्ये ४४ हजार ४१६ आवेदन रद्द हुँदा २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन् । मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँट अनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुने जनाइएको छ ।





