काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो ।
यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको थियो । अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन् । तिमध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले गाडी पठाएर घर ल्याएका छन् ।
थपिएको लकडाउनको अवधिमा भारतका विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ । ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ ।