तातोपानी नाकाबाट आयात निरन्तर, हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रियो

सुशील सुवेदी

सिन्धुपाल्चोक –  नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि स्वास्थ्य सामग्री आयात निरन्तर हुन थालेको छ ।

नाका सञ्चालनको १६ दिनमा कोभिड–१९ विरुद्ध लड्न प्रयोग हुने ११ प्रकारका हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । बुधबार तातोपानी नाकाबाट भित्रेका एन नाइन्टिन फाइभ माक्स १० हजार थान, पीपीई सेट १० हजार थान, इन्फ्रारे थर्मो्मिटर एक हजार थान, पीसीआर मेसिन दुई वटा, पीसीआर परीक्षण गर्ने किट २० हजार वटा, वेट वाइप ५० वटा स्वास्थ्य सामग्री काठमाडौं पठाइसकेको तातोपानी भन्सारका प्रमुख खत्रीले जानकारी दिए।

अति नै आवशयक रहेको पीसीआर परीक्षण गर्ने किट बुधबार साँझ नै काठमाडौं पठाइएको र बाँकी हिजो बिहान पठाएको प्रमुख खत्रीले बताउनुभयो । ती सामाग्री तिब्बत सरकारले नेपाललाई अनुदान दिएको हो । गत चैत २८ मा ल्हासाका महावाणिज्यदुत गोविन्द कार्कीलाई त्यहाँको परराष्ट्र विभाग प्रमुखले ती सामाग्री हस्तान्तरण गर्नुभएको थियो । पछिल्ला दिनमा तातोपानी नाका हुँदै अत्यावश्यक स्वास्थ्य सामग्री आयात हुन थालेको छ ।

अर्को हप्ताबाट बाटोमा अलपत्र परेका ८र९ वटा खाद्य सामग्री बोकेका कन्टेनरहरु ल्याउने तयारी भइरहेको खत्रीले बताए । यो अवधिमा आयात भएका स्वास्थ्य सामग्री धेरैजसो सरकारलाई अनुदान बापत प्राप्त सहयोग र केही निजी क्षेत्रले खरिद गरेको भन्सार कार्यालयले जनाएको छ । यस अवधिमा एन ९५ पीसीआर मेसिन दुई थान, टेस्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको भन्सार कार्यालयले जनाएको छ । यस्तै, डिस्पोजेबल मास्क १२ हजार थान, २६ हजार सात सय ३२ लिटर स्यानिटाइजर, तीन हजार नौ सय थान सर्जिकल पञ्जा, २१ हजार दुईसय साठ्ठी थान पीपीई पनि नेपाल भित्रिएको छ ।

एक हजार थाप प्रोटेक्टिभ चस्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, फेससेइल्ड पाँच हजार आठ सय थान र मेडिकल वेड म्याट्रिक्स चार सय ३० थान पनि आयात भएको भन्सार कार्यालयले जनाएको छ । यस अघि तातोपानी नाका खोल्ने सरकारको निर्णयको स्थानीयले विरोध गरेका थिए । कोरोना भाइरस संक्रमणको डरले स्थानीयले नाका नखोल्न तातेपानी भन्सारलाई आग्रह गरेका थिए । तर अत्यावश्यक सामग्री त्यही बाटो हुँदै ल्याउनुपर्ने हुँदा आवश्यक सुरक्षा रणनिति अपनाएर सामान ल्याउने जनाएपछि स्थानीय र प्रशासनबीच सामान ल्याउने सहमति भएको थियो । स्थानीले स्वास्थ्य सामाग्री मात्रै ल्याउने भए नाका खोल्न दिने भनेपछि त्यही सहमतिको आधारमा नाका खोल्ने सहमति भएको थियो । खाद्यवस्तु पनि अत्यावश्यक नै सामान रहेको भन्सार प्रमुख खत्रीको तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्