प्रधानमन्त्रीले उच्चस्तरीय समितिका सदस्यहरुलाई बालुवाटार बोलाए, पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्नेबारे विषेश छलपल हुने

g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौं – सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल थालेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको थियो ।

तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ । तर अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ ।’

स्रोतकाअनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ । तर कुनै निर्णय भएको छैन ।

लकडाउनका बाबजुद मानिसहरु हिँडेर गाउँ फर्किन थालेपछि सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको छ । प्रहरीले पनि बाटोबाटोमा रोक्छ । तै पनि पैदल हिँड्ने क्रम रोकिएको छैन ।

अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्