१६ औँ गणतन्त्र दिवस २०८० को सफलताको शुभकामना (कविता)

*राणा काल गयो कैंयौं युग गए सास्ती अनेकौं सह्यौँ ।
नेपालीहरुले सह्यौँ दु:ख ठुलो धेर अन्धकार रह्यौं ।।

*पन्चायत ढल्यो बहुदल गयो गणतन्त्र आयो अब ।
यस्का रक्षक हौं नेपालीहरुता हामी जति छौं सब ।।

*यो नौलो गणतन्त्रको सफलता नेपालीकै हातमा ।
आमा हुन् जननी करोड जनकी भेद छैन क्वै जातमा ।।

*सविंधान बचाउनु अब पुरा नेपालीकै हातमा ।
खान्छन् आज पनि नेपालीहरुता क्वै थाल क्वै पातमा ।।

*प्रधानमन्त्री प्रचण्ड छन् मुलुकमा रामचन्द्र रास्ट्रैपति ।
लेखा राख्न हवस् गरिबहरुको भोका र नाङ्गा कति ।।

*राजा देखि भिकारी सम्म जति छौं नेपालकै सन्तति ।
हे!आमा तिमीले सुधारिदिनुहोस् नेताहरुको मति ।।

*उत्तरको प्रखाल हो हिमचुली ढोका खुला दक्षिण ।
मेचि बग्दछ पूर्व कलकल गरी काली नदी पश्चिम ।।

*टिस्टा स्वप्न भएर सतलज गयो लिपु छ दोसाँधमा ।
जिम्मेवारी छ रास्ट्र को यसघरी नेपालीकै काधँमा ।।

*एउटै धड्कन छातीको हरघडी नेपाल बाचिँरहोस् ।
एउटै चिन्तन चित्त मा हरघडी नेपाल नाचिरोस् ।।

*नेपालीहरुकी पवित्र जननी तिम्रा सबै सन्तति ।
बाचुन् बाचिरहुन् सबै मुलुकमा नेपाल बासी जति ।।

*बस्नु मेल मिलापमा सब जना पाओस् मुलुक ले गति ।
जन्मे बुद्ध प्रतापी यैं मुलुकमा जन्मिन् ति सीता सती ।।

*१६औं यो गणतन्त्र को सफलता पारौँ सबैले मिली ।
अन्धैकार हटोस् यो मुलुकको नेपाल होस् झिलिमिली ।।

*जिउँदै छन् गणतन्त्र नायक अझैं हामी पछि लाग्दछौं ।
जागोस् रास्ट्र पुकार यो छ सबको हामी पनि जाग्दछौं ।।

*बिउँझियोस् अब स्वाभिमान सबको निन्द्रा खुलोस् रास्ट्रको ।
यो साझाँ फुलबारी हो बुझिलिनु हामी सबै कास्टको ।।

रेवाधर जोशी
भूतपूर्व शिक्षक श्री हुनैनाथ मा.बि रातामाटा, लेकम-२, दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्