देशका धेरै ठाउँमा मौसम सफा, अबको दुई/तीन दिन पानी पर्ने सम्भावना न्यून

काठमाडौ – काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा विहान मौसम सफा देखिएको छ भने अधिकांश स्थानमा घाम लागेको छ ।
प्रि–मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि–मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने सम्भावना भएपनि प्रि–मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु भइनसकेकाले केही दिनको मौसम सफा नै रहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्