काठमाडाैं – मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा समेत सहभागी भएको छ । लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्तभएसँगै एक मन्त्रालयसहित लोसपा सहभागी भएको हाे।
मुख्यमन्त्री सरोजकुमार यादवले उनलाइ नियुक्त गरेकाे हाे । मन्त्रीले साँझ ५ बजे शपथ लिने छन् । मन्त्री कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित भएका हुन्।