गणेशसिंह धामी
दार्चुला – सोमबार महाकाली नदीमा हाम फालेर नेपाल आएका इन्द्र खत्रीलाई बोलन्या थलीले आर्थिक सम्मान गरेको छ ।
बुधबार शैल्य शिखर नगरपालिकाको पनेबाँजमा बैतडीकाे डिलाशैनी गाउँपालिका-१ कोटपेटराका ४८ बर्षीय इन्द्रसिंह खत्रीलाई ४ हजार नगद दिएर सम्मान गरिएको हो । पतन्जली योग समिति युवा नेपाल दार्चुलाका अध्यक्ष भुवन सिंह धामी ,र गणेशसिंह धामीले बोलन्या थलीको विशेष आग्रहमा खत्रीलाई सहयोग गरेको गणेशसिंह धामीले जानकारी दिए ।
कोरोना भाइरसका कारण देश लकडाउन भएकाले ठूलो संख्यामा नेपाली मजदुरहरु भारतको धारचुलामा अलपत्र परेका थिए । ३ दिन सम्म पनि नाकाबाट नेपाल भित्रिन नदिएपछि खत्रीले महाकालीमा हाम फालेर नेपाल तिर प्रवेश गरेका थिए, तर नेपाल प्रवेश गर्ने वित्तिकै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
महाकालीमा हाम फालेर नेपाल प्रवेश गरेपछि इन्द्र खत्रीलाइ प्रहरीले पक्राउ गरेकाे
दार्चुलाका स्थानीयतहहरुले आवश्यक क्वारेन्टाइन बनाउन नसक्दा नेपाली मजदुरहरु सीमामा अलपत्र हुनुपरेको थियो ।
याे पनि ………..
करोडौँको बजेट चलाउने जनप्रतिनिधिहरुले आवश्यक क्वारेन्टाइन बनाउन सकेनन्