इटलीमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ ।
एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको हो । संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ ।
यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।