काठमाडाैँ – प्रतिनिधिसभा बैठक १० दिनको लागि सरेको छ ।
कोभिड(१९ को संक्रमण रोक्न सरकारले आवातजावतमा लगाएको प्रतिबन्धका कारण बैठक सरेको हो । यसअघि चैत ७ गतेका लागि डाकिएको बैठक पनि सूचनामार्फत् चैत १३ गतेका लागि सारिएको थियो ।
संसद सचिवालयले सूचना जारी गर्दै १३ गतेको बैठक २३ गतेका लागि सारेको हो ।