भरतपुर महानगर प्रमुख रेनु दाहाल गाडी दुर्घटनामा, टाउकोमा सामान्य चोट

काठमाडौँ – भरतपुर महानगरपालिकाकी नव निर्वाचित नगर प्रमुख रेनु दाहाल दुर्घटनामा परेकी छन् । आज दिउसो दाहाल काम विशेषले बाहिर जाने क्रममा उनको चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किएको प्रहरीले जनाएको छ ।

उनको टाउँकोमा सामान्य चोट लागेको र डक्टरको अनुसार सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको र अवश्था अहिले सामान्य भएकोले बताइएको छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्