आईपीएल : बटलरको सतकसँगै राजस्थान फाइनलमा, बेङ्ग्लोर ७ विकेटले पराजित

काठमाडौँ – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल पुगेको हो ।

बेङ्ग्लोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका जोस बट्लरले अविजित १ सय ६ रनको शतकीय पारी खेले । कप्तान सञ्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।

बेङ्ग्लोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरङ्गा डी सिल्भाले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । बेङ्ग्लोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय पारी खेले ।

कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३÷३ विकेट लिए । अब भोलि हुने फाइनलमा राजस्थान र गुजरात टाइटन्स खेल्ने भएका छन् । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगेको थियो ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्