श्रीमाले श्रीमतिलाई कुटपिट गरेर पाठेघर निकालेर फ्याँकिदिएपछि …

काठमाडौँ — चितवनमा एक युवकले कुटेर श्रीमतिलाई गम्भीर अवस्थामा पुर्याएका छन् । जिल्लाको खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाठेघर नै निकालिदिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार माझीले बिहीबार राति आफ्नी श्रीमतीतिलाई बन्धक बनाएर नराम्ररी पिटेको र गुप्ताङ्गमा हात हालेर नै पाठेघर निकालिदिएका हुन् ।

घाइते श्रीमतिलाई हाल भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । रामचन्द्रलाई पक्राउ गरि हाल अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्