बैतडीको मेलौलीमा एमालेकाे अग्रता

बैतडी – बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गन्दा नेकपा एमालेका उम्मेदवारले १४७, नेपाली कांग्रेसका उम्मेदवारले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६० मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवारले ११५, कांग्रेस उम्मेदवारले ८२ र माओवादी केन्द्रका उम्मेदवारले ७२ मत पाएका छन् । वडा नं १ बाट मतगणना सुरु हुँदा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस उम्मेदवारले ९४, एमाले उम्मेदवारले ९२ र माओवादी केन्द्रका उम्मेदवारले ६२ मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्