बैतडीको दशरथचन्द नगरपालिकामा एमालेले सुरूवाती अग्रता

काठमाडौँ – बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ ।

शनिबार बिहानबाट सुरू भएको मतगणनामा ६०० जनामा एमालेले अग्रता लिएको हो । नगरपालिकाको वडा १ र ११को ६ सय मतगणना गरिएको हो। सो मत गन्दा मेयरमा एमालेले २९३ मत ल्याएर अग्रता लिएको हो ।

कांग्रेसका उम्मेदवारले २५२ मत ल्याएका छन् । यस्तै उपमेयरमा पनि एमालेका उम्मेदवार अग्रस्थानमा छन् । एमालेले २६६ मत पाएको छ । कांग्रेसले २७०, नेकपा (एकीकृत समाजवादी)ले ११ र राप्रपाले ४ मत ल्याएका छन् । मतगणना जारी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्