नुवाकोटको म्यागङ – १ मा नेपाली कांग्रेसको प्यानल विजयी

नुवाकोट — नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडाको वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार नवनिर्वाचित तामाङको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका थिए । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नम्बर २ को मतगणना जारी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्