मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

काठमाडौँ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी गुरुङ पराजित भइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्