दार्चुलाको लेकममा ४०० मत गणना हुँदा अध्यक्षमा गठबन्धनको अग्रता, उपाध्यक्षमा एमाले अगाडी

दार्चुला – लेकम गाउँपालिकामा मतगणना सुरु भएको छ । गएराति सर्वदलीय बैठकले मतगण्ना गर्ने निर्णय गरेपछि मतगणना सुरु गरिएको हो । गाउँपालिकाको वडा नं. १ बाट मत गणना सुरु गरिएको छ । वडा नं. १ को ४०० मत गाणना हुँदा गाउँपालिकामा अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जाशी आरडीलाई २१६ मत प्राप्त भएको छ । भने नेकपा एमालेका उम्मेदवार प्रमानन्द जोशीलाई १२८ मत प्राप्त भएको छ । गाउँपालिका उपाध्यक्षमा गठबन्धनका उम्मेदवार सुना जोशीलाई १६० मत प्राप्त भएको छ भने एमालेका उम्मेदवार माधवी जोशीलाई १८४ मत प्राप्त भएको छ । त्यसै गरी वडा अध्यक्षमा भने एमालेको अग्रत रेहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्