प्रम ओली तथा मिर्गौलादाता भान्जी समीक्षा दुबैको अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने भएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए पछि त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
विज्ञप्तिमा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको सबै सूचकाङ्कहरू राम्रो अवस्थामा रहेको समेत उल्लेख गरिएको छ । साथै प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने उहाँकी भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ ।
प्रधानमन्त्रीको प्रत्यारोपणको शल्य चिकित्सा टोलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली प्रा.डा.अनन्तकुमार लगायतका टोलीको सहभागिता रहेको जनाइएको छ ।
त्यस्तै मिर्गौला प्रत्यारोपण टोलीमा प्रा.डा.दिव्या सिंह शाह, डा.महेश सिक्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली संलग्न रहेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ, र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्