औषधि र कच्चा पदार्थ निर्यातमा भारतले लगायाे रोक, नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल

भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ । आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि उत्पादक कम्पनीका प्रतिनिधि लगायत सरोकारवाला निकाय बिच छलफल भएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।
भारतले सिटामोल सहित २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ निर्यातमा रोक लगाएको बताईएको छ । भारतले औषधिमा लगाएको रोकको कारण बारे थप छलफल गर्ने विभागका महानिर्देशक ढकालले जानकारी दिनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्