मास्क लुकाउने र बढी मुल्यमा बेच्नेलाई २ लाखसम्म जरिवाना, अनुगमन तीव्र

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसन लगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि अनुगमन तीव्र बनाएको छ ।
विभागले क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको र २ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ ।

‘अहिले धेरै व्यवसायीले ५ रुपैयाँ पर्ने सर्जिकल माक्सलाई ३० देखि ३५ रुपैयाँसम्म बेच्ने गरेको र केहि व्यवसायीहरुले मुल्य वृद्धि गराउनकै लागि लुकाएर राखेको भन्ने सूचना आएपछि अनुगमन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्