काेरनाकाे त्रास : त्रिभुवन विमानस्थमा अत्यावश्यक कामबाहेक उपस्थिन नहुन आग्रह

त्रिभुवन विमानस्थले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क लगाउन पनि विमानस्थल कार्यालयले आग्रह गरेको छ । हाल नेपालमा पनि संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लु एचओ ले पनि नेपाललाई उच्च जोखिममा राखेकोले नेपाल सरकारबाट सार्वजनिक स्थानमा भिडभाड कम गर्न गरिएको आग्रहलाई समेत मध्यनजर गरी सोको नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गर्नुहुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाई गर्न आउन हुने आफन्त लगायत अन्यहरुलाई अत्यावश्यक अवस्था बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनुहुन अनुरोध गरेको छ ।

यस्तै विमानस्थलले भिटिजर पास वितरण पनि अहिलेलाई स्थगित गरिएको पनि विमानस्थलले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्