कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकता अनुसार हवाई उडान लिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।

सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी गरेको छ भने अति प्रभावित मुलुकका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको छ । प्राधिकरणले अहिले मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान–अवतरण रोक्न पर्ने अवस्था नरहेको बताएको छ । तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको सिफारिसमा उल्लेख छ ।

प्राधिकरण स्रोतका अनुसार प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड पछ्याउँदै अतिप्रभावित क्षेत्रमा हुने उडान रोक्न सक्ने सम्बन्धमा नेपाल सरकारले निर्णय लिन बाधा नपर्ने उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्