प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, अस्पतालले निकाल्याे विज्ञप्ति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए ।

उनलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् ।

यस्तै मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्