कोरोनाको त्रास : अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नै स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ ।

विश्वभरि नै कोरोनाको सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खोटाङका १० वटा स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेँलुखर्क गाउँपालिका लगायतका स्थानीय तहले बुधबार छुट्टाछुट्टै सूचना निकाल्दै अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरेको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्