नेपालमा भ्रष्टाचार बढ्नुका कारण र नियन्त्रणका उपायहरू

नेपालमा भ्रष्टाचारजन्य गतिबिधि बढ्दै जानुको विविध कारणले रहेको पाइन्छ । प्रशासन संयन्त्र चुस्त दुरुस्त नहुदा र त्यहामा कामगर्ने कामदार स्वच्छ, पारदर्शी नहुदा देशले ठुलो सन्तुलन गुमाउनु परेको छ। भष्ट्राचार आधुनिक संस्कृतिको अङ्ग​ हो । अहिलेको संस्कृतिमा परिवर्तन नगरेसम्म यसलाई नियन्त्रण र निर्मूल पार्न सकिन्न । भष्ट्राचारको बारेमा कौटिल्यले भनेका छन्, “जसरी पानीमा रहने माछाहरुले पानी पिएको देखिदैन्, त्यस्तै गरी आर्थिक कार्यमा नियुक्त कर्मचारीले पनि धनको अपहरण गरेको जान्न सकिदैन ।”

अहिले भष्ट्राचार निवारण ऐन अन्तर्गतको मुद्दा विशेष अदालत ऐन अन्तर्गतको कार्यविधि अपनाई हेरिन्छ । म्यादभित्र हाजिर हुन नसकेका प्रतिवादी वा साक्षीलाई वारेन्ट जारी गरी वयान बकपत्र गराउने धरौदी वा थुनामा राखेर मुद्दा हेर्ने सकिने कानूनी व्यवस्था समेत यसमा गरेको पाईन्छ । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।

भ्रष्टाचार बढ्नुको कारणहरु

उच्च स्वविवेकिय अधिकार, पारदर्शिताको अभाव, उत्तरदायित्व र जवाफदेहिताको अभाव, कर्मचारीको अभाव, गोपनीयतामा रमाउने संस्कृति, स्पष्ट ऐन तथा कानुनी व्यवस्थाको अभाव, विद्यमान कानुनी व्यवस्थाको अभाव, दण्ड पुरस्कार प्रणालीको अभाव, भ्रष्टाचारलाई सामाजिक संरक्षण एवंम प्रोत्साहनको अभाव, अनुगमन, मूल्याङ्कन प्रणालीको अभाव हुनु आदि हुन् ।

भ्रष्टाचार नियन्त्रणका उपायहरू

पारदर्शिताको प्रवर्द्धन, भ्रष्टाचारीलाई सामाजिक वहिष्करणको नीति अवलम्बन, सार्वजनिक पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी प्रति उत्तरदायी र सजग बनाउने, भ्रष्टाचार निवारण सम्बन्धमा निरोधात्मक एव्म उपचारात्मक उपायको अवलम्बन, भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायहरूको क्षमता अभिवृद्धि, भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन भ्रष्टाचार सम्बन्धि नीति अवलम्बन, सुशासन तथा विक्तिय अनुशासन प्रतिको प्रतिबद्धतामा वृद्धि आदि हुन् ।

भ्रष्टाचार भनेको समाजको ठूलो दुष्टता हो । यस दुष्टलाई चाँडै समाजबाट हटाउनुपर्दछ । भ्रष्टाचार भनेको विष हो जसले समाज राष्ट्र नकारात्मक क्रियाकलाप बढाईरहेको छ । राष्ट्रमा शान्त, सुशान्सन, समृद्ध नभएर विकृती र विसङगतिमा मौलाएको छ । त्यसकारण समाजबाट यस्ता गतिविधि हटाउन जरुरी छ । आशा छ, लगातार राजनीतिक र सामाजिक प्रयासको साथले गर्दा हाम्रो राष्ट्रबाट यो हटने छ र नागरिकले भ्रष्टाचारबाट छुटकारा पाउने छौँ ।

भ्रष्टाचारीहरुलाई कारबाही र सदाचारीलाई पुरस्कारको ब्यवस्थाको थालनी गर्नुपर्छ । नेपालमा संविधानको पालना गरेर यसलाई राम्रोसँग कार्यान्वयनमा ल्याउन सक्ने हो, भ्रष्टाचार आफै नियन्त्रण भएर जाने थियो । तर विडम्बना भ्रष्टाचार बिरुद्ध बनेका ऐन, नियम र कानुनको पुर्ण पालना हुन सकिरहेको छैन् । यस्ता गतिविधिका कारण देश विकासमा पनि प्रत्यक्ष एंव अप्रत्यक्ष असर पुयाई रहेको छ । देशले ठुलो दुर्दशा भोग्नु परिरहेको छ । अहिलेको अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्ने सबै भन्दा बढि धेरै जिम्मेवारी नव निर्वाचित जन प्रतिनिधिहरुको काँधमा आएको छ । स्थानीय तहको निर्वाचन पछि लामो समय पछि सबै स्थानयि तहले जनप्रतिनीधि पाएका छन् । जनताहरुले पाउने सबै किसिमका सेवा सुविधा र अधिकारहरु अब स्थानयि तहबाट नै प्राप्त हुने हुँदा जनप्रतिनिधिहरु जनताप्रति जवाफदेहि भई इमान्दारिता पूर्वक काम गरेको खण्डमा भ्रष्टाचार आफैँ नियन्त्रण हुदैँ जान्छ । राज्य संचालकहरु र स्थानीय सरकार प्रमुखहरुले भ्रष्टाचार बिरुद्ध काम गर्ने प्रतिबद्धताका सात आफ्नो पदिय दायित्व बोध गर्नुपर्छ र यस्ता क्रियाकलाप नियन्त्रण गर्न सदैव खटिरहनु पर्छ ।

भ्रष्टाचार विश्वव्यापी समस्याका रूपमै फैलिएको छ । विशेष गरी विकासशील मुलुकहरूमा यो निकै बढी छ । बढ्दो भ्रष्टाचारले लगानीका स्रोतहरूलाई खेर फालि रहेको छ । आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको छ । शक्ति, सम्पत्ति र सत्तालाई केन्द्रीकृत गर्ने गरेको छ । सर्वसाधारण नागरिकले सँधै दुख, पीडामा सास्ती बेहोरी रहनु परेको छ । धनी र गरिबबीचको खाडल बढ्दै जान्छ । राजनीतिक व्यवस्थालाई अपारदर्शी र अलोकतान्त्रिक बनाएको छ । सामाजिक, सांस्कृतिक र राष्ट्रिय सम्बन्धमा असर पु¥याएको छ । भ्रष्टाचारले गर्दा देशमा गरिबी बढि रहेको छ भने विदेशी लगानी घटि रहेको छ । राजनीतिक अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव पारेको छ । समाजमा द्वन्द्व सिर्जना गरेको छ । नेपालमा भ्रष्टाचारको पीडामा सर्वसाधारण नागरिकले दिनका दिन भोग्नु परेको छ र नेपाल विकासमा पछाडि पर्नुको प्रमुख कारण भ्रष्टाचार र ढिलासुस्ती नै हो ।

भ्रष्टाचार भनेको एक आपराधिक गतिविधि वा बेइमानीको रूप हो । यो एक व्यक्ति वा एक समूह द्वारा गर्ने एक दुष्कर्मको संकेत हो । भ्रष्टाचारले मुख्यतया घूसखोरी वा अपहरण जस्ता गतिविधिहरू समावेश गर्दछ । यद्यपि भ्रष्टाचार धेरै हिसाबबाट वा विभिन्न क्षेत्रमा अनेकौँ कुराको निहुँमा गरिएको पाईन्छ । सम्भवतः, अख्तियारका पदहरूमा मानिसहरू भ्रष्टाचार गर्न अति संवेदनशील हुन्छन् । भ्रष्टाचारले लोभी र स्वार्थी व्यवहार झल्काएको हुन्छ । भ्रष्टाचार रोक्नको एउटा महत्वपूर्ण तरिका सरकारी काममा राम्रो तलब दिनु हो । धेरै सरकारी कर्मचारीहरूले धेरै कम तलब पाउँछन् । तसर्थ, उनीहरू खर्चका लागि पनि घूस लिनेदिने गर्छन् । फलस्वरूप, उच्च तलबले उनीहरूको उत्प्रेरणा र घुसखोरीमा संलग्न हुने संकल्प कम गर्दछ ।

भ्रष्टाचार रोक्नको अर्को उपयुक्त तरिका मजदुरहरूको संख्यामा वृद्धि गर्नु पनि हो । धेरै सरकारी कार्यालयहरूमा कामको बोझ धेरै छ । तसर्थ, सरकारी कार्यालयहरूबाट पनि घुस दिने वा दिने क्रियाकलाप हटाउनको लागि बढी कर्मचारीहरू ल्याएर हटाउन सकिन्छ । भ्रष्टाचार रोक्नका लागि कडा कानूनहरू धेरै महत्त्वपूर्ण हुन्छन् । सबैभन्दा माथि, कठोर व्यक्तिलाई कडा सजाय दिइनु पर्छ । यसबाहेक, कडा कानूनको एक कुशल कार्यान्वयन हुनुपर्दछ । कार्यस्थलहरूमा क्यामेरा लागू गर्नु भ्रष्टाचार रोक्नको लागि उत्तम तरिका हो । सबैभन्दा माथि, धेरै व्यक्तिहरू पक्राउ पर्ने डरले भ्रष्टाचारमा लिप्त हुनबाट टाढा रहनेछन् । यसका अतिरिक्त यी व्यक्तिहरू अन्यथा भ्रष्टाचारमा संलग्न हुने गर्दैन । अहिले खाद्यन सहित सबैको मूल्य बढेको छ । तर पनि, धेरै मानिसहरुको आयहरु एकदम कम छ । त्यसकारण पनि राज्यमा भ्रष्टाचार बढि रहेको छ ।

विश्वका सबै मुलुकले भ्रष्टाचार विरूद्धका कार्यका लागि संवैधानिक, कानुनी एवम् संस्थागत व्यवस्था गरेका छन् । संयुक्त राष्ट्र संघको महासन्धि २००३ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न उपाय तय गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा वर्ल्ड बैंक, एसियन डेभलपमेन्ट बैंक, ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका विभिन्न संस्थाहरूले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सक्रिय हुदै आएका छन् । नेपालमा भने नेपालको संविधान, २०७२ मा नै सुशासनलाई राज्यको साधन बनाएर भ्रष्टाचार नियन्त्रणका लागि नीति, नियम तथा विधि, विधान र संवैधानिक निकायको व्यवस्था गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दल, सरकार र अन्य जिम्मेवार सरोकारवाला सबै लाग्नु पर्छ । यी संस्थाहरुले भ्रष्टाचार हुने कारणको पहिचान गरी यसको समाधान गर्न आवश्यक छ । भ्रष्टाचार बढ्नुका विभिन्न कारणहरु मध्ये आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक, प्रशासनिक, लोभ र व्यक्तिगत स्वार्थ आदि मुख्य हुन् । नेपालमा कानुनमाको राम्रोसँग कार्यान्यन हुन नसक्दा पनि भ्रष्टाचारीले उन्मुक्ती पाएको छ । नागरिक सुशासन समाज, विभिन्न सञ्चार माध्यम, तीनै तहको सरकार, सामाजिक संघसंस्था तथा निकायको पहलमा मात्र नेपालमा भ्रष्टाचार नियन्त्रण सम्भव छ ।

चक्र प्रशाद पन्त (सचिव)
नागरिक सुशासन समाज, कञ्चनपुर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्