दिल्ली विधानसभा चुनाव ( लाईभ मतपरिणाम)

गएको शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच निकै कडा टक्कर हुने देखिएको छ ।
दिल्ली विधानसभा चुनाव यो वर्षको पहिलो चुनाव हो । एग्जिट पोल्सले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आदमी पार्टीले प्रचण्ड बहुमत ल्याउने देखाएको छ ।
दिल्लीमा अहिले आम आदमी पार्टीको सरकार छ । गएको विधानसभा चुनावमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । भाजपा भने मात्र तीन सिटमा सीमित भएको थियो । आम आदमी पार्टी, भाजपा र काङ्ग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भनिए पनि एग्जिट पोलका अनुसार काङ्ग्रेस निकै कमजोर देखिएको छ ।

लाईभ मत परिणाम हेर्न यहाँ क्लिक गर्नुहाेस ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्