शोभाकान्त ढकालको घरमा बम पड्काउने विप्लवका ७ जना कार्यकर्ता पक्राउ

काठमाडाैँ –  बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको घरमा बम विष्फोटमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ १० गते ढकालको निवासमा बम विष्फोट गराउनुको साथै बालुवाटारमा रहेको ललिता निवासको जग्गामा बम राखेको थियो ।

यसै घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले उनीहरुलाई यही माघ २३, २४ र २६ गते राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा दैलेख जिल्ला, नारायण नगरपालिका–११ का भिम अधिकारी (रक्षक), जिल्ला कास्की पोखरा महानगरपालिकाका विष्णु प्रसाद अधिकारी (विजय), रामेछाप, खाँडादेवी गाउँपालिका–१ घर भएका हरी चन्द्र खड्का रहेका छन् ।

यसैगरी घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्ने अन्य चार जनाहरुमा गोरखा, भीमसेन थापा गाउँपालिकाका कपिल भट्ट(प्रतिक), काठमाडौं गोकर्णेश्वर नगरपालिकाका दिनेश नगरकोटी(बवी), गोरखा जिल्ला सुलिकोट गाउँपालिकाका किकाश थापा तथा सिन्धूपाल्चोक जिल्ला जुगल गाउँपालिकाका राज कुमार मगर रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्