पुर्व सचिवको घरमा श्रीमती अचेत अवस्थामा र कामदार मृत फेला

काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएर अचेत अवस्थामा फेला परेकी छिन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् ।

पुर्व सचिव कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । घटना करिब १०–११ बजे घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको टाउकोमा कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।

शुरुमा छिमेकीले कार्कीको हत्या भएको जानकारी दिए पनि घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा कार्कीको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । कार्कीलाई यतिबेला स्टार अस्पताल लगिएको छ ।

साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको छ । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्