४ दिनपछि अवकास पाउँदै नेपाल प्रहरीका आइजीपी खनाल, काे बन्ला भावी आइजीपी ?

काठमाडौँ । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २८ गते ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउँदैछन् । आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले पनि एकैपटक अवकाश पाउँदैछन् । खनाल नेपाल प्रहरीका २६ औं आईजीपी हुन् ।

खनालसँगै एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अवकाशमा जाँदैछन् ।

यस्तै अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् ।

यता एसएसपी दिलिपसिंह बस्नेतले पनि सोही दिन अवकास पाउँदैछन् । आईजीपी खनालसँगै सबै २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाउन लागेका हुन् ।

चार दिनपछि अवकाशमा जान लागेका आईजीपी खनाल विदा बसेका छैनन् । सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि बिदा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन हुन्छ । तर, सरकारले नेपाल प्रहरीमा नयाँ आईजीपीको नाम तय नगर्दा खनाल बिदा नबसेका हुन् ।

नेतृत्व विकास प्रणाली नहुँदा नेपाल प्रहरीमा फेरि डीआईजीबाटै आईजीपीमा बढुवा गरिने भएको छ । यसअघि दुईपटक एआईजीको अनुभव नभई २ जनालाई आईजीपी बनाउँदा समस्या देखिएको जनाउँदै फेरि पनि उही प्रक्रिया दोहोरिँदा संगठन कमजोर हुने भन्दै प्रहरी अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

हालका आईजीपी खनाल पनि डीआईजीबाट सीधै आईजीपीमा बढुवा भएका हुन् । त्यसअघिका प्रकाश अर्याल एआईजी नभई डीआईजीबाट आईजीपी भएका हुन् । यसरी एआईजीको अनुभव नै नभई प्रहरी नेतृत्व सम्हाल्दा संगठनमा नकारात्मक असर देखिन थालेको प्रहरी अधिकारी बताउँछन् ।

खनालको अवकाशसँगै २७ औं प्रहरी प्रमुखका लागि पहिलाको जस्तो दौडधुप नरहेको प्रहरी हेडक्वार्टर स्रोतको भनाइ छ । कसले गर्लान् त झण्डै ८० हजार प्रहरीको नेतृत्व ? खनालकै वैकल्पिक टोलीका रुपमा भर्ना भएका ठाकुर ज्ञवाली भावी प्रहरी प्रमुखको प्रवल दाबेदार मानिएका छन् । हाल ज्ञवाली प्रदेश १ को प्रहरी प्रमुख हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्