काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरीबाट २७०७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।