१६ वर्षीय छोरीलाई बलात्कार गरेकाे आरोपमा बुवा पक्राउ

सांकेतिक तस्बिर

डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। आफ्नै १६ वर्षीय छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्तीकरणी गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो। उनले विगत ६ महिनादेखि बलात्कार गरेको प्रहरीले बताएको छ।

जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए।

पक्राउ परेका उनीमाथि जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी मंगलबार डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्