नौगाड गाउँपालिकामा नमुना माटो परीक्षण

नौगाड गाउँपालिकामा २ सय ३९ ओटा नमुना माटो परीक्षण गरिएको छ ।
नौगाड गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरको प्राविधिक सहयोगमा २ सय ३९ ओटा नमुना माटो परीक्षण गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिँह धामीले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिकाका ६ ओटै वडाहरुलाई समेट्ने गरी गाउँपालिकाभरीका २ सय ३९ ओटा नमुना परीक्षण गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिँह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाभरीको माटो परीक्षण गरि कुन ठाउँमा कुन खेती उपयोगी छ सोही अनुसार कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्यले माटोको परीक्षण गरिएको कृषि विकास शाखाका संयोजक कुन्दनसिँह ठगुन्नाले जानकारी दिनुभयो । माटो परीक्षणका क्रममा माटोको क्षारियपना तथा अम्लीयपना छुट्याईको छ । किटबक्सबाट माटो परीक्षण गर्दा माटोको पिएच तर्फ ५५ दशमलब २३ प्रतिशत माटो तटस्थ, २७ दशमलब १९ प्रतिशत अम्लिय र १७ दशमलब ५८ प्रतिशत क्षारियापन रहेको पाइएको छ ।
प्राथमिकत खाद्यतत्वहरुमा ७० दशमलब ७१ प्रतिशत माटोको नमुनामा नाइट्रोजन कम, २५ दशमलब ९४ प्रतिशत माटोमा मध्यम र ३ दशमलब ३५ प्रतिशत नमुनाहरुमा अधिक रहेको पाइएको गाउँपालिकाका खरिदार बसन्त ठगुन्नाले जानकारी दिनुभयो । यस्तै फस्फोरसको अवस्था हेर्दा ५८ दशमलब १५ प्रतिशत माटोमा कम, ३४ दशमलब ७२ प्रतिशत मध्यम र ७ दशमलब १३ प्रतिशत नमुनामा उच्च रहेको पाइएको छ । त्यसैगरी पोटासको अवस्था ५९ दशमलब ४१ प्रतिशतमा कम, २५ दशमलब ९४ प्रतिशत ९४ प्रतिशतमा मध्यम र १४ दशमलब ६५ प्रतिशतमा उच्च रहेको प्राविधिकहरुले बताएका छन् । किटबक्सबाट माटो परीक्षण गर्दा माटोको पिएच अर्थात् माटोको अम्लियपना तथा क्षारियपाना र माटोमा विरुवाहरुका लागि आबश्यक पर्ने प्राथमिक खाद्यतत्वको पनि परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्