डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन

 

कर्मचारी समायोजन सकिएपश्चात पनि डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेका छन् । संघीय, प्रदेश र स्थानीय तहका २९ भन्दा बढी कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन् । संघीय सरकार मातहत डोटीमा रहेका २७ वटा कार्यालयहरु मध्ये ११ वटा कार्यालयहरु निमित्तको भरमा चलिरहेका छन् । त्यस्तै प्रदेश सरकार मातहत रहेका २२ वटा कार्यालयमध्ये ९ वटा कार्यालयहरु निमित्तको भरमा चलेका छन् भने जिल्लाका ९ वटा स्थानीय तहमध्ये ७ वटा निमित्तको भरमा सञ्चालन भईरहेका छन् । त्यस्तै जिल्ला समन्वय समिति पनि लामो समयदेखि निमित्तको भरमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्