डा‍. शिवमायालाइ देव गुरुङको गतिलाे जवाफ, “संवैधानिक पदमा बसेर बार्गेनिङ गर्न मिल्दैन”

काठमाडौँ । सत्तारुढ दल नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाङ्फे सभामुखको उम्मेदवारनै बन्न नपाउने दाबी गर्नुभएको छ ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता गुरुङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भैरहेकोतर्फ सचेत गराउनुभयो ।

उहाँले भन्नुभयोे,‘संसद अवरुद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरुद्ध भैरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’ सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । यद्यपि उहाँले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जिकिर गर्नुभयो । ‘यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ’, उहाँले भन्नुभयो,‘त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन् ।’

साक्षात्कारमा बोल्दै गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको बताउनुभयो । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेदवारी दिने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो,‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उहाँले सुनाउनुभयो । ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्वीप जारी गर्न मिल्दैन । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ ।’

उहाँले संवैधानिक पदमा बसेर बार्गे्निङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्वीकार्य नहुने तर्क गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्