कर्तब्य ज्यान मुद्धामा फरार विष्णु तामाङलाई गाेली प्रहार गरी प्रहरी नियन्त्रणमा

कर्तब्य ज्यान मुद्धामा फरार सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं.–३ का ३० वर्षीय विष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार साँझ जोरपाटीबाट गोली प्रहार गरी फरार तामाङलाई जोरपाटीको जम्बुडाडाबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले गोली चलाएको थियो । गुण्डागर्दीमा सलग्न तामाङको बायाँ खुट्टाको पिडौलामा एकराउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि बीर अस्पताल ट्रमा सेण्टरमा भर्ना गरिएको छ । गोकर्ण अत्तरखेल लुकिछिपि बस्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले तामाङको पिछा गरेको थियो । उनी विरुद्ध काठमाडौँ र सिन्धुपाल्चोक प्रहरी कार्यालयमा दुईटा कर्तब्य ज्यान मुद्धा दर्ता भएका छन् । तामाङमाथि सिन्धुपाल्चोकमा एक बालिकालाई चिर्पटले हानी हत्या गरी फरार भएको अभियोग छ । त्यस्तैं, अत्तरखेलस्थित मायाज क्याफेमा चिया खाइरहेका सुुदर्शन रोक्का र शुभराज सुनुवारसंग झगडा हुँदा तामाङले शुभराजलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइ फरार भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्